सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी बोकेको गाडी दुर्घटना, ३ जना घाईते
2024/03/30, 1:59

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसका विद्यार्थी सवार गाडी अर्को सवारीसँग ठोक्किएर दुर्घटनामा परेको छ। शुक्रवार राति बर्दियाको भुरीगाउँ क्षेत्रमा पूर्वबाट पश्चिमतर्फ आइरहेको विङ्गर र पश्चिमबाट पूर्वतिर गइरहेको मिनीबस आपसमा ठोक्किएर दुर्घटना भएको हो।

त्यहाँका प्रहरी प्रमुख नमराज शाहीका अनुसार दुर्घटनामा ३ जना विद्यार्थी घाइतेका भएका छन्। घाइते हुनेमा भीमदत्त नगरपालिका–१८ बस्ने अन्दाजी २५ वर्षीय बिनोद भट्ट, अर्का २५ वर्षीय प्युस पाण्डे र ३४ वर्षीय जयन्तराज जोशी रहेका छन्।
उनीहरूसहित एमबिए प्रथम सेमेस्टरका १२ जना विद्यार्थी सवार गाडी अर्को गाडीसँग ठोक्किएर दुर्घटना भएको हो। विद्यार्थीहरु फिल्ड भिजिटका लागि जान लागेका थिए।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/23, 10:24