बाजुरामा हराउदै सहकारी बचत खोज्दै सदस्य
2024/03/31, 1:46
 
ss

बाजुराका स्थानीयको आर्थिक अवस्थालाई मजबुत बनाउने उद्देश्यले  सञ्चालित जिल्लाका अधिकाशं सहकारी संस्था पछिल्लो समय हराउन थालेका छन् । सहकारी संस्थाको उद्देश्यअनुसार काम गरेर आर्थिक कारोबार चुस्त दुष्ट राख्दै आएका केही संस्थाले आफ्नो आर्थिक कारोबार राम्रो सँग चल्दै आएपनि अधिकाशं संस्था भने पछिल्लो समय हराउदै गएका छन् ।

जिल्लाको पूर्वि उत्तर क्षेत्रमा पर्ने जगनाथ गाउँपालिकामा केही समय अघि निकै चर्चामा आएको जनज्योति महिला सहरकारी संस्था पछिल्लो समय गुमनाम अवस्थामा रहेको छ । सो संस्थाले स्थानीयहरुको आयआर्जनमा थप टेवा पु¥याउने लक्ष्यका साथ यहाँका सयौ महिला सदस्यहरुबाट थुप्रै पैँसा उठाउँने गरेको थियो । पछिल्लो समय यो सहकारी संस्था टाँट पल्टिएपछि अहिले यहाँका महिलाहरुलाई आफुले जम्मा गरेको बचत समेत हात पार्न निकै सकस भएको छ । यो संस्थाका सदस्य प्राय सबै महिला छन् । पछिल्लो सयम कारोवार सँगै सहकारीको भवन समेत जीर्ण बन्दै गएपछि अहिले यहाँका महिलाहरुले आफ्नो बचत समेत हात पार्न सकस भएको हो ।

२०६८ साल कात्तिक २८ गते सुरु गरेको सो महिला सहकारी संस्थाको कारोबार २०७८ साउँन ८ गतेबाट रोकिएसँगै पछिल्लो समय यहाँका महिलाहरुले सहकारीलाई हिसाब माग्न सुरु गरेका हुन् सहकारीको कारोबार नहुँदा अहिले यो सहकारीको भवन समेत निकै जीर्ण बन्दै गएको छ । यहाँ भित्र रहेको संस्थाका कागजात समेत हराउँदै गएका छन् । पहिला संस्थाले राम्रो सँग लगानी गर्दै आएको रकम पछिल्लो समय असुली नभएपछि जनज्योती महिला सहकारी संस्था अहिले बन्द हुन पुगेको जगनाथ गाउँपालिका–१ लुमामा केपी सार्कीले बताए।

उनले भने, “उता सहकारी संस्था सञ्चालन नहुँदा अहिले यसको भवन समेत निकै जीर्ण बन्दै गएको छ । महिलाहरुले जम्मा गरेको आफ्नो पैसा पाएका छैन् । संस्थाको भवन भत्किँर यसमा गरेका कागजात समेत हराउँदै गएका छन् ।’’ मेरो आमा र श्रीमतिले साँगको मुठा बेचेर पनि सहकारी संस्थामा पैसा जम्मा गर्नु भयो । अहिले त्यो पैसाको फाइदा पाउँनुको उल्टै बचत मात्र माग्न जाँदा सहकारीका अगुवाहरुले उल्टै झपारेर फर्काउने गरेको सार्कीले बताए ।

यो जनज्वोती महिला सहकारीमा संस्थामा साविकको जगनाथ गाविसका १ देखि ९ सम्मका ३३२ महिलाहरुले झण्डै १२ लाख भन्दाबढी रकम जम्मा रहेका थिए । त्यो रकम १५० जनाले लिएको र अन्यले भने आफ्नो बचत समेत नपाएको संस्थाका अन्य महिला सदस्य बताउँछन् । दुइ सय बत्तीस जना सदस्य रहेको यो सहकारी संस्थामा एघार जनाको कार्यसमिति छ । यो समितिले पटक पटक बैठक बसाल्न खोज्दा पनि कोही नआउने भएपछि संस्था बन्द हुन पुगेको जनज्योती सहकारी संस्थाका अध्यक्ष मायादेवि बोगटीले बताइन ।

उहाँले भन्नुभयो, “बचत गरेको रकमलाई सदस्यहरुमा नै लगाउनी गरेका हौ । अहिले उनीहरुले नै लामो समय सम्म त्यो रकम रोकिदिएपछि संस्थाका अन्य सदस्यको बचत फिर्ता गर्न समस्या भएको हो ।” साविकको जगनाथ गाउँपालिका १ देखि ९ सम्मका महिलाहरुले जम्मा गरेको रकमलाई क्रण लगानी गरेको र अहिले त्यो रकम कसैबाट पनि सङ्कलन नभएपछि संस्था बन्द भएको अध्यक्ष बोगटीले बताइन ।

उहाँले भन्नुभयो, “बीस रुपिँया बचत गर्ने सदस्यको  १६ देखि १८ हजार र एक सय रुपिँया जम्मा गर्ने सदस्यहरुको पैँतीस हजार , एक हजार जम्मा गर्ने सदस्यको तीस हजार रुपिँया सम्म रकम पुगेको छ ।” यो रकम सबै लगानी लगाएको छौँ । सो लगानी गरेको रकम अहिले सम्म असुली नभएकोले बचत फिर्ता गर्न समस्या भएको जनज्योती महिला सहकारी संस्थाकी अध्यक्ष बोगटीले बताइन। गोरखापत्रबाट