
धनगढीमा सञ्चालन भईरहेको ग्रासरुट क्रिकेट विकास कार्यक्रमका लागि दुई जना प्रशिक्षक नियुक्त भएका छन्। गत माघ ६ गते धनगढी उपमहानगरपालिकासँगको साझेदारीमा गो ड्रिमर्सले उपमहानगरपालिकामा क्रिकेट ग्रासरुट विकास कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो। सोहि निर्णय कार्यान्वयनका लागि लेभल वान प्रशिक्षक देबनारायण झा र ज्ञानेन्द्र क्षेत्रीलाई प्रशिक्षकमा नियुक्त गरिएको हो।

गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले आइतवार दुबै प्रशिक्षकलाई नियुक्ति पत्र हस्तान्तरण गरे। गो ड्रिमर्सले उपमहानगरपालिकाका दुई नमूना स्कुलहरुमा हाल ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन गर्दैछ। जसमध्ये धनगढी–१२ स्थित श्री सिद्धनाथ मावि, जुगेडामा क्षेत्री र धनगढी–१८ स्थित श्री चन्द्रोदय मावि, फुलबारी झाले प्रशिक्षण गराउनेछन्।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/07, 12:53
2021/04/28, 3:52
2021/11/14, 1:13
2022/11/10, 5:00