
नेपाल–भारत सीमानाका झुलाघाट बुधबारदेखि ३ दिनका लागि खुला गरिएको छ । सीमामा अलपत्र परेका नेपालीहरु, भारतीय पेन्सन बुझ्ने नेपालीहरु र नेपाल आउन र भारततर्फ जान चाहनेहरुका लागि नाका खुला गरिएको हो ।

बुधबार बिहान ९ बजेबाट ३ दिनका लागि नाका खोलिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए । भारतीय पेन्सनरहरुलाई धेरै समस्या भएकाले नाका खोलिएको उनले बताए । उनले भने, ‘साथै सीमामा अलपत्र परेका नेपालीहरु पनि छन् ।
नेपाल आउन चाहने र भारत जान चाहनेहरु पनि छन् । उनीहरुको सहजताका लागि पनि नाका खोलिएको हो,’ उनले भने । कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द गरिएको अन्तर्राष्ट्रिय सीमानाका दुवै देशका स्थानीय प्रशासनको समन्वयमा खोलिएको हो ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/05, 1:52
2020/06/18, 3:35
2020/10/22, 5:13
2021/04/17, 9:29
2021/10/30, 10:44