
कैलालीमा सुधारगृहमा राखिएका एक युवकको छतबाट खसेर मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–४ भालुफाटामा रहेको नयाँ बाटो पुर्नस् स्थापना केन्द्र ९सुधारगृह० मा रहेका २५ वर्षीय सुनिल शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यलय कैलालीका अनुसार आज बिहान करिब ३ः३० बजेको समयमा शाही एक तले छतबाट खसेका हुन् । खसेर घाइते भएका शाहीको घोडाघोडी अस्पतालमा आजै मृत्यु भएको हो ।

यता मृतकका आफन्तले घट्नाको निष्पक्ष अनुसन्धान हुनपर्ने बताएका छन् । मृतकका बुवा धनराज शाहीले छोराको हत्या भएको हुन सक्ने भन्दै निष्पक्ष छानबिन हुनुपर्ने माग राखेका छन् । शाहीलाई गत पुसमा सुधार केन्द्रमा राखिएको आफन्तले बताएका छन् ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02