महाकाली नदीमा १४ वटा ट्याक्टरसहित फसेका मजदुर फर्किए
2024/05/09, 12:34
 
dd

कञ्चनपुरको महाकाली नदीमा ट्र्याक्रसहित फसेर थुनिएका मजदुर फर्किएका छन् । नदीको बहाव बढेपछि नदीजन्य पदार्थ सङ्कलनका लागि गएका १४ ट्र्याक्रसहित करिब २८–३० जना मजदुर थुनिएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक डिएसपी उमेश जोशीले अहिले पानीको बहाव घटेपछि मजदुरहरु फकिएको बताए । हिजो साँझ महाकाली नदीमा पानीको बहाव बढेपछि बालुवा, गिट्टी र ढुङ्गा लिन महाकाली टापु पुगेका फसेका थिए ।‘नदीको बहाव बढेपछि नदीजन्य पदार्थ संकलन लागि गएका १४ ट्र्याक्टरसहित करिब २८–३० जना मजदुर थुनिएका थिए, डिएसपी जोशीले भने– अहिले सबै फर्किन लागि सक्नु भयो ।’

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले महाकालीको बीच टापुमा करिब अढाइ÷तीन सय स्थानीय नदीजन्य वस्तु सङ्कलनका बेला त्यही टहरा बनाएर बस्ने गरेका छन् ।सोही क्षेत्रमा अहिले ट्र्याक्टर र मजदुर बसिरहेको र कुनै जोखिम भने नरहेको उनले बताए। फसेकाको उद्धारका लागि पहल गरिए पनि जोखिम नभएकाले टापुमै बसिरहेको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिए ।फसेकाहरु राती उतै बसेपनि बिहान पानीको बहाव कम भएसंगै फकिएको प्रहरी नायब उपरीक्षक जोशीले बताए ।