
१५ वैशाखमा भएको उपनिर्वाचनमा बझाङ १ को क निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार सभामुख भीमबहादुर भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए । तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि बझाङमा उपनिर्वाचन भएको थियो ।
भण्डारीले उपनिर्वाचनमा सिंहका छोरा समेत रहेका कांग्रेसका अभिषेक सिंहलाई पराजित गरेका थिए । भण्डारी ११ हजार ६१२ मत सहित विजयी हुँदा सिंहले ११ हजार ३४६ मत प्राप्त पाएका थिए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02