
सोमबार डडेल्धुरामा एक युवकलाई कुटपिट गरी हत्या गर्ने प्रयास गरिएको छ । गन्यापधुरा गाउँपालिका–२ मेलमुडाका ४५ वर्षीय तेजबहादुर बोहरालाई सोही ठाउँका पाँच जनाले कुटपिट गरी गम्भीर घाइते बनाएका छन् ।

प्रहरीले तेजबहादुरलाई सोमबार राति करिब साढे ९ बजेतिर ढुंगामुढा तथा हतौडा प्रहार गरेर कुटपिट गरेको आरोपमा वडा नम्बर २ कै ४७ वर्षीय भिमबहादुर बोहरा, २४ वर्षीय रमेश बोहरा, २२ वर्षीय भुवन बोहरा, २० वर्षीय केशव बोहरा र २१ वर्षीय सन्तोष बोहरालाई पक्राउ गरेको हो ।
उनीहरुले तेजबहादुरलाई कुटपिट गरी गम्भीर घाइते बनाएको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए । पक्राउ परेका पाँचै जनामाथि ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भई थप अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले बताए ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/20, 5:56
2024/12/03, 12:47
2021/06/10, 10:02
2022/02/01, 2:44