
कञ्चनपुरमा नदिमा डुबेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया बालिका नेहा सुनारको बिहिबार बिहान शव फेला परेको हो ।
बुधबार साँझ स्थानीय खोलामा डुबेर बेपत्ता भएकी बालिककाको बिहीबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीले मृतक बालिकाको दाजुलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बालिकाको शव फेला लगत्तै उनका ३४ बर्षिय दाजु भरत सुनारलाई पक्राउ गरिएको बताए ।
‘दाजुले कुटपिट गरि खोलामा धकेलेको भन्ने सूचना आएको छ’ प्रहरी नायब उपरीक्षक थापाले भने ‘घटनाको अनुसन्धान गर्न मृतकका दाजुलाई पनि नियन्त्रणमा लिएका हौँ ।’

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/05, 1:52
2020/06/18, 3:35
2020/10/22, 5:13
2021/04/17, 9:29
2021/10/30, 10:44