चरित्र हत्या गर्ने ३ जना व्यक्तीको नाममा किटानी जाहेरी
2024/05/20, 5:55
 
ss

धनगढी उपमहानगरपालिका–१८ फूलबारीका पूर्व वडाध्यक्ष मुरारी अधिकारीले आफ्नो चरित्र हत्या गरेको भन्दै ३ जना व्यक्तिको नाममा किटानी जाहेरी दिएका छन् । आज फूलबारीमा पत्रकार सम्मेलनको आयोजना गरी उनले सोको जानकारी दिएका हुन् । केही दिन यता वर्तमान वडा अध्यक्ष भुवन रिजाल, एमाले पार्टीका जिल्ला सदस्यहरु कृष्णकुमार पाण्डेय र सुरज परियारले आफ्ना नाम जोडेर सामाजिक सञ्जालको प्रयोग गर्दैे साबिक फूलबारी वडा नं ५ हाल धनगढी–१८ मा पर्ने भूपू सैनिक बस्तीभित्र पर्ने जग्गा बिक्रीमा १२ लाख खाएको आरोप लगाएपछि आफूले जिल्ला प्रहरी कार्यालय कैलालीमा आइतबार किटानी जाहेरी दिएको बताए ।

उनले भने ‘म वडा अध्यक्ष हुँदा भूपू सैनिक बस्ती भित्र पर्ने सुकुम्बासी आयोगले पूर्जा वितरण गरेको भन्दा बाहेकको ईन्द्रमाया अधिकारी,टेकबहादुर थापा, भानकुमारी थापा मगर, राधाकृष्ण अधिकारी र पूर्णबहादुर कार्कीले भोगचलन गरेको ऐलानी प्रति जग्गा बिक्री गरे बाफत ६ जनाले दुई÷दुई लाख लिएको सहमति सहित वडा कार्यालयमा निवेदन दिएपछि ती व्यक्तीहरुको नाम किटान सहित सिफारिस दिएको हुँ।’

उनीहरुले १२ लाख खाएर अधिकारीले सिफारिस दिएको कुरा वडा कार्यालयमा भएको छलफलमा स्वीकारेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गर्ने र गाउँ टोलमा भन्दै हिनेका कारण आफनो चरित्र हत्या गर्ने खालको निकृष्ट कार्य गरेको भन्दै वर्तमान अध्यक्षसहित तीन जनाको नाममा किटानी जाहेरी दिएको उनले बताए ।

धनगढी उपमहानगरपालिका–१९ फूलबारीमा बस्दै आएका राधा कृष्ण अधिकारीले भूपू सैनिक बस्तीभित्र पर्ने १० कट्ठा ऐलानी जग्गा विसं।२०४६ सालबाट ६ जना व्यक्तिले भोग चलन गर्दै आएको र पछि सो जग्गा १२ लाखमा बेचेको बताए । सो रकमबाट ६ जनाले दुई÷दुई लाखका दरले भाग हालेर लगेको साँचो हो’, उनले भने ‘यसमा पूर्व वडा अध्यक्ष अधिकारीको कुनै मिलोमतो छैन ।’ जग्गा बेचेको दुई बर्ष पछि खोलो आइ बगाएको पनि उनले बताए । हाल १८ पच्चिस घरमा बस्दै आएका पूर्णबहादुर कार्कीले आफूले उपभोग गर्दै आएको जमिन बेच्दा पूर्व वडा अध्यक्षलाई दोष दिन नमिल्ने बताए ।