
दार्चुलाको अपी हिमाल गाउँपालिकाका खाद्य डिपोमा चामल सकिएको छ।

पालिकाभित्र रहेका तीनवटै खाद्यसंस्थाका डिपोहरुमा विगत लामो समयदेखि खाद्यान्नको चामल अभाव रहेको गाउँपालिकाले जनाएको छ। यसले गर्दा अहिले त्यहाँका स्थानीयहरु महँगो मुल्यमा स्थानीय व्यपारीहरुबाट चामल किनेर खाने गरेको गाउँपालिका अध्यक्ष भक्त सिह ठेकरे बोहराले जानकारी दिए।
गाउँपालिका अध्यक्ष बोहराका अनुसार पालिकाभित्र स्थापना भएका खण्डेश्वरी खाद्य डिपो, घुसा खाद्य डिपो र सितोला खाद्य डिपोमा खाद्यान्नको चामल सकिएको छ। तीनवटै खाद्यडिपोमा खाद्य व्यवस्था कम्पनीबाट आउने मोटा चामल सकिएको बताइएको छ।

खण्डेश्वरी खाद्य डिपोमा अहिले जिरा मसिनो चामल १५० क्विन्टल मौज्दात रहेकोमा अन्य दुई डिपोमा मोटो र मसिनो दुबै चामल सकिएको अध्यक्ष बोहराले जानकारी दिए।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02