पहुँचका भरमा योजना छनौट हुँदैनन्, सांसदका मागलाई सम्बोधन गर्छौँः मुख्यमन्त्री सोडारी
2024/05/28, 12:12
 
dd

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले बजेट पहुँचका भरमा नभई आवश्यक्ताका आधारमा छनौट हुने बताएका छन् । सञ्चारमाध्यमसगं कुरा गर्दै मुख्यमन्त्री सोडारीले अली पहुँच भएकाले योजना माग्न आउनु स्वभाबिक भएको बताउँदै जिम्मेवार व्यक्तिले जे गरे नि त्यो विडम्बना रहेको बताए । योजना खरिद बिक्रि हुने प्रश्नमा मुख्यमन्त्री सोडारीले भने “हामी सरकारमा हुँदा पहिले पनि त्यस्तो गरेनौँ अहिले पनि गर्दैनौँ, अरूले के गरे जगजाहेर छ, अरूले के गरे उनीहरूको कुरा हो । योजना खरिदबिक्रीबारे म केही भन्दिनँ अहिले त्यसो हुँदैन ।”

बिगतमा स्थानिय तहबाट योजना माग गरिएको बिषयमा बोल्दै उनले केही मानिसले के–के न गर्‍यौँ भनेर प्रचारबाजी गरे वाही वाही पाए तर त्यो तरिका बेठिक नभएको बताए । सङ्घ सरकार योजना छान्न जिल्लामा आएको छ त, कहिल्यै आयो, बेठिक तरिका पनि प्रचारमा त ल्याए त्यो अनुसार काम गरेनन् उनले भने “नीति, बजेट, योजनामा काम गर्नेले आफू अनुसार गरे, नाटक एउटा गर्ने व्यवहार अर्को गर्ने, यस पटक हामीले नाटक गर्दैनौँ, प्रदेश सभा सदस्यले योजना सिफारिस गर्नुहुन्छ, हाम्रा लाइन एजेन्सी छन्, विषयगत कार्यालय छन् त्यहाँबाट योजना आउँछन् तिनलाई बजेट प्रणालीमा हालेर तल पठाउँदै छौँ र कार्यान्वयन हुन्छ ।”

सङ्घीयता पछि सुदुरपश्चिममा निकै काम भएको सोडारीले बताए । सघिंयता आउनुभन्दाअघि सुदूरपश्चिम प्रदेशमा एक हजार किलोमिटर मात्रै कालोपत्रे सडक थियो उनले भने “सङ्घीयतापछि पहिलो पाँच वर्षमा एक हजार किलोमिटर कालोपत्रे सडक थपिएको छ केही सडक बनिरहेका छन्, दार्चुलाको खार–खलङ्गा सडक, बैतडीमा सत्बाँझ–श्रीभार सडक, मार्तडी–कोल्टी सडक, बझाङमा साइपाल जाने बाटो, खप्तड क्षेत्रको पर्यटकीय सपना पूरा गर्न सिलगढी–खप्तड सडक बनेको छ, धनगढीको कैलाली पुलदेखि क्याम्पस रोडसम्म सडक बनिरहेको छ, कैलालीको ४० प्रतिशत भूभाग पहाडमा पर्छ । खिमडी सडक, गर्भा दरबार जाने बाटो, साबिक महोन्यालको कटौजे जाने बाटो प्रदेश सरकारले जोडेको हो, यी सडकलाई बाह्रै महिना चल्ने अवस्था बनाउन केही समय लाग्ला, स्वास्थ्य क्षेत्रमा सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल र अन्य अस्पतालमा लगानी गरेर क्षमता बढाएका छौँ ।”

सुदूरपश्चिम प्रदेश सभाले २०७५ असोज १२ गते दुई तिहाइ बहुमतले राजधानी गोदावरी राख्ने भनी गरेको निर्णय अनुसार सो ठाउँमा राजधानी बनाउने प्रयत्न गर्ने उनले बताएका छन् । पहिलो पटक सामाजिक विकासमन्त्री हुँदा पनि शिक्षा, स्वास्थ्य क्षेत्रमा प्रदेशवासीको माग अनुसार काम गरेको हुँ उनले भने “भौतिक पूर्वाधारमन्त्री हुँदा पनि जनतालाई अनुभूति हुने र देखिने आयोजना बनाउने कोसिस गरेको हुँ, बिचमा साथीहरू आउनु भो, कति गर्नुभयो म अहिले हेर्दै छु । साधनस्रोतको सीमितताले पनि धेरै अपेक्षा त पूरा नहोलान् तर पनि सबै क्षेत्रलाई समेटेर सन्तुलित विकासको काम गर्छु यो मेरो प्रतिबद्धता हो ।”

उनले केन्द्रको निर्देशन अनुसार प्रदेशमा पनि गठबन्धन बनेको बताए । मन्त्रालय बाँडफाँटका सवालमा हामी पनि एक ठाउँमा पुग्न खोज्दै छौँ उनले भने “केन्द्रबाट पनि मन्त्रालय यसरी बाँडफाँट गरौँ भन्ने प्रस्ट निर्देशन आएको छैन । अहिले मन्त्रालय फुटाउने कुरा छैन तर अन्ततः गठबन्धनले जे भन्छ त्यही हुन्छ ।”