धनगढी उपमहानगरपालिकाको बेरुजु ३२ करोड बढी
2024/06/14, 5:48
 
ss

धनगढी उपमहानगरपालिकाको अध्यावधिक बेरुजु ३२ करोड बढी देखिएको छ । महालेखा परिक्षकको प्रतिवेदन अनुसार हालसम्म धनगढी उपमहानगरपालिकाको बेरुजु ३२ करोड ४८ लाख ७१ हजार पुगेको छ । आर्थिक बर्ष २०७९र८० मा उपमहानगरपालिकाको बेरुजु ४ करोड ५२ लाख ९३ हजार देखिएको छ । सो मध्ये १ करोड ९६ लाख ५७ हजार प्रतिक्रियाबाट फच्र्यौट भई बाँकी बेरुजु अशुल गर्नुपर्ने ९२ लाख ३ हजार रहेको छ ।

प्रमाण कागजात पेस गर्नुपर्ने १ करोड ४५ लाख ६४ हजार, नियमित गर्नुपर्ने ७२ हजार, पेश्की बाकीँ १७ लाख ९७ हजार समेत गरी २ करोड ५६ लाख ३६ हजार रहेको छ । उपमहानगरपालिकाको गत बर्षसम्म ३६ करोड ७ लाख २४ हजार बेरुजु बाँकी रहेकोमा ६ करोड १८ लाख ७९ हजार सम्परिक्षण भई कायम बेरुजु ४ लाख गरी हालसम्मको ३२ करोड ४८ लाख ७१ हजार रहेको छ ।

७ जनाले लिए दोहोरो भत्ता
महालेखा परिक्षकको प्रतिवेदन अनुसार उपमहानगरमा सामाजिक शुरक्षा भत्ता अन्तर्गत ७ जनाले दोहोरो भत्ता लिएको पाइएको छ । सामाजिक शुरक्षा नियमावली २०७५ को नियम १३ मा दोहोरो सामाजिक शुरक्षा भत्ता वितरण गर्न नहुने तथा मृत्यु भइसकेका लाभग्राहीको बिवरण मुल अभिलेखबाट कट्टा गर्नुपर्ने ब्यवस्था भएपनि नमुना परिक्षणको क्रममा पालिकाले ७ जनालाई दाहोरो भत्ता दिएको पाइएको छ ।

दोहोरो भत्ता पाउनेमा धनगढी उपमहानगरपालिका १२ का तेजराम राजी, वडा नम्बर २ का गितादेवी चौधरी, कलावती पन्त, वडा नम्बर ७ की तुलसी राना थारु, गुमनी राना, कलावती राना थारु, वडा नम्बर ३ का गगां राना रहेका छन् । उनिहरुको नाममा आर्थिक बर्ष २०७९,८० मा १ लाख ७५ हजार दुई रुपयाँ बढी निकासा भएको पाइएकोले अशुल गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ ।