
कैलाली जिल्लाका अधिकांश स्थानमा मंगलबार रातिदेखि भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार कैलालीको धनगढी विमानस्थलमा ६ घन्टामा ९०.२ मिलिमिटर वर्षा भएको छ।

भारी वर्षाका कारण मोहना र यसका सबै सहायक नदीहरूमा बहाव बढ्ने हुँदा तटीय क्षेत्रहरू र डुबान भइरहने होचा भू–भागहरूमा रहनेहरूले सतर्कता अपनाउन बाढी सूचना केन्द्रले अनुरोध गरेको छ।
चौबीस घन्टामा कैलालीको धनगढी विमानस्थल केन्द्रमा १०२.६ मिलिमिटर वर्षा भएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/26, 9:25
2022/01/05, 12:35
2020/07/17, 6:43
2020/12/02, 1:22
2022/08/17, 5:31