टीकापुर घटनाको ९ वर्ष पूरा, रेशम भन्छन्–राजबन्दीको नाममा अरूले रजाइँ गरे
2024/08/23, 10:51
 
ss

थरुहट, थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा कैलालीको टीकापुरमा भएको घटनाको ९ वर्ष पूरा भएको छ । २०७२ साल भदौ ७ गते आजकै दिन भएको आन्दोलनमा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी लक्ष्मण न्यौपाने सहितका ७ जना प्रहरी र एक नाबालकको ज्यान गएको थियो ।

उक्त घटनामा कैद सजायसमेत भोगेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले टीकापुर बासीका लागि आजको दिन कालो दिन भएको बताएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन् –सम्पूर्ण टीकापुर बासीका लागि कालो दिन । थारु विद्रोह भएको दिन । हाम्रो श्री सम्पत्ति लुटिएको,आगजनी भएको दिन ।

कारागारबाट रिहाइ भएको करिब डेढ वर्ष हुँदापनि आजसम्म फुलबारी एफएमको दैलो टेक्न नसकेको उनले बताए । उनले थपे राजबन्दीको पीडाले नागरिक उन्मुक्ति जन्मियो, मैले त केवल अक्षरांस गरेको हुँ । छातीमा असह्य पीडा तब हुन्छ जब राजबन्दीको नाममा अरूले रजाइँ मात्रै होइन, हामीलाई नै चित्कारिए पीडा दिन थाल्छन् ।