
दार्चुलाको अपिहिमाल गाउँपालिकामा हुलाक कार्यालय स्थापना गरिएको छ । सरकारको ‘एक पालिका एक हुलाक’ नीतिअनुसार अपिहिमाल–४, पालिका केन्द्र नजिकै खण्डेश्वरीमा हुलाक कार्यालय स्थापना गरिएको हो ।

पालिकास्तरीय हुलाक कार्यालयमा खरिदारको नेतृत्वमा कर्मचारी परिचालन गरिने जिल्ला हुलाक कार्यालय दार्चुलाका निमित्त हुलाक अधिकृत वीरेन्द्रसिंह धामीले बताए । विगतमा इलाका र अतिरिक्त कार्यालयका रूपमा रहेका हुलाक कार्यालयलाई अब स्थानीय तहमा पालिका हुलाक कार्यालयका रुपमा सञ्चालन गरिन लागिएको हो ।
दार्चुलामा १० इलाका र ३२ अतिरिक्त हुलाक कार्यालय रहेका थिए । जिल्ला हुलाक कार्यालय रहेको महाकाली नगरपालिकामा हुलाक काउन्टर र जिल्लाका ८ पालिकामा हुलाक कार्यालय स्थापना गरिने बताइएको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/18, 6:02
2020/09/16, 6:00
2022/01/10, 12:38
2023/01/26, 5:49