
जयपृथ्वी राजमार्ग अन्तर्गत बझाङको छविसपाथिभेरा गाउँपालिका १ बालुवाटारमा सुख्खा पहिरो खस्दा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध भएको छ । गएराति खसेको सुख्खा पहिरोले विद्युतको तीन मध्ये एक तार चुडाउँदा जिल्लाका अधिकांश स्थानमा विद्युत आपूर्ति अवरुद्ध भएको हो ।

तार चुडिएपछि एउटा लाइन सञ्चालनमा छ भने अर्को लाइन पूर्ण रूपमा अवरुद्ध छ । जसले गर्दा जिल्लाका धेरै क्षेत्रमा विद्युत सेवा प्रभावित भएको छ । प्राधिकरणले भने मर्मतका लागि प्राविधिक टोली खटाइएको र विद्युत सेवा पूर्ण रूपमा सुचारु हुन केही समय लाग्ने जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/01, 8:47
2020/10/03, 2:56
2021/05/01, 5:21
2021/11/23, 11:04