
भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले अष्ट्रेलियाविरुद्धको जारी टेष्टमा शतक प्रहार गर्दै सर डान ब्रेडमैनको रेकर्ड तोडेका छन् । पर्थमा भइरहेको टेष्टको दोस्रो इनिङ्समा विराटले शतक प्रहार गरे । उनी भारतले इनिङ्स समाप्तिको घोषणा गर्दा १०० रनमा अविजित रहे ।

योसँगै कोहलीले अष्ट्रेलियाका ब्रेडमैनको २९ शतकको रेकर्ड तोडेका छन् । टेष्टमा उनको यो ३० औं शतक हो । समग्रमा कोहलीले अहिलेसम्म ८१ शतक प्रहार गरिसकेका छन् ।
भारतले यो टेष्टमा ४८३ रन बनाएर इनिङ्स समाप्तिको घोषणा गरेको छ । अष्ट्रेलियाले तेस्रो दिन नै ५३४ रनको विशाल लक्ष्य पाएको छ ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/28, 5:25
2021/04/15, 4:05
2021/10/28, 6:04
2022/10/06, 10:56