युक्रेनलाई ब्यालिस्टिक मिसाइल दिने अमेरिकाको तयारी
2024/11/25, 4:01
 
misail

अमेरिकाले युक्रेनलाई आफ्नो लामो दूरीको जेएएसएसएम ब्यालिस्टिक मिसाइल दिने तयारी गरेको छ । रुसको भित्री भागसम्म हमला गर्न सकियोस् भनेर सो मिसाइल दिन लागिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । नोभेम्बरको अन्त्यसम्ममा यसबारेमा निर्णय हुनसक्ने बताइएको छ ।

यो मिसाइलको नाम ज्वाइन्ट एयर टू सरफेस स्ट्यान्डअप मिसाइल हो । यो मिसाइल युक्रेनले हाल भएका धेरै क्षेप्यास्त्रहरूभन्दा टाढा प्रहार गर्न सक्नेछ । रुसको कम्तीमा ३० वटा एयरबेसमाथि निशाना लगाउन सकिने बताइएको छ । यो मिसाइल र एफ–१६ फाइटर जेट्सको खतरनाक संयोजन हो । यो मिसाइललाई एफ–१६ फाइटर जेटबाट लञ्च गर्न सकिनेछ । युक्रेनसँग कयौँ थान एफ–१६ फाइटर जेट छ ।

युक्रेनले एफ–१६ फाइटर जेटबाट ३७० दशमलव ४ किमी दूरीबाट मिसाइल हान्न सक्नेछ । आवश्यकता पर्‍यो भने यो मिसाइलको रेन्जलाई ९०० किमीसम्म पुर्‍याउन सकिन्छ । यो मिसाइल अमेरिकाको रक्षा उपकरण बनाउने कम्पनी लकहिड मार्टिनले बनाएको हो ।