
पाकिस्तानमा जारी ब्लाइण्ड टी२० क्रिकेट विश्वकपअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले हार व्यहोरेको छ। नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो।

नेपालले दिएको १०१ रनको लक्ष्य पाकिस्तानले ६.४ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो। पाकिस्तानका नइमत उल्लाहले सर्वाधिक ७३ रन बनाए। त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा ५ विकेट गुमाएर १०० रन बनाएको थियो। नेपालका लागि ओपनर भरत थापाले सर्वाधिक ३९ रन बनाएका थिए।
पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले त्यसपछि दुई खेल जितेको थियो।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/25, 8:47
2020/09/23, 8:44
2023/06/06, 10:02