
अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक असईले आफैमाथि गोली प्रहार गरेका छन् । तुर्माखाद गाउँपालिका-३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्ज समेत रहेका असई किसनबहादुर चन्दले आफैमाथि गोली प्रहार गरेका हुन् ।

अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले चन्द आफैले बोकेको पेस्तोल बाँया छातिको माथिल्लो भागमा प्रहार गरेको पुष्टि गरे । उनका अनुसार चन्दले बिहीबार राति साढे ९ बजेतिर प्रहरी चौकीमै आफैमाथि गोली प्रहार गरेको पाइएको छ । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घटनाबारे छानविन गर्न इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । चन्दले आफैमाथि गोली प्रहार गर्नुको कारण भने नखुलेको डीएसपी भण्डारीले बताए ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/29, 5:44
2022/06/24, 6:04
2023/06/21, 4:49
2020/06/06, 8:55
2020/10/08, 1:24