बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि शान्तिपूर्ण र उत्साहजनक मतदान भइरहेको छ । बिहान ७स्३० बजेबाट सुरु भएको मतदानले सबै दलका समर्थक र मतदातालाई सक्रिय बनाएको छ ।
मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलका अनुसार मतदानका लागि ५ वटा मतदान स्थलमा ९ वटा केन्द्र तोकिएका छन् । उपाध्यक्ष पदका लागि नेकपा एमालेबाट सुलोचना भण्डारी बुढा, नेपाली कांग्रेसबाट पुल्तिसरा शाही, र एकीकृत समाजवादीबाट जवा शाही प्रतिस्पर्धामा छन् ।
यसपटक माओवादी केन्द्रले उमेदवारी फिर्ता लिएकी राजुकुमारी विकले एमाले उम्मेदवार सुलोचना बुढालाई सहयोग गरेकी छन् । गत स्थानीय निर्वाचनमा कांग्रेसकी मैना जोशीले १,८१० मत प्राप्त गरी विजयी भएकी थिइन्, भने एमालेकी सुलोचना बुढा १,६३७ मतसहित दोस्रो स्थानमा रहिन् ।
स्वामीकार्तिक खापर गाउँपालिकाका पाँच वडामा जम्मा ७,४६० मतदाता छन्, जसमा वडा नं ३ मा सबैभन्दा बढी २,०७३ मतदाता छन्। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ ।