
बझाङको सुर्मा गाउँपालिका ४ को वडाध्यक्षमा साविकाको विजेता एमालेलाई हराउदै कांग्रेस उम्मेदवार धिरेन्द्र पुजारा विजयी भएका छन्। पुजारा ६५७ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार लठिचन्द्र बोहराले ४८७ मत प्राप्त गरे। यहाँ माओवादी केन्द्रका उम्मेदवार पुष्कर बोहराले १७ मत मात्रै प्राप्त गरेका छन्।

अघिल्लो निर्वाचनमा यहाँ एमालेले जितेको थियो। ०७९ मा एमालेका सर्जनबहादुर बुढालले ६२९ मत पाएका थिए । कांग्रेसका लोकबहादुर बोहराले ६०४ मत पाएका थिए । सो वडामा एमालेले यो पटक १४२ मत कम पाएको छ । भने कांग्रेसले ५३ मत बढाएको छ ।

2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/05/27, 5:16
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/03, 12:01
2021/11/25, 12:15
2020/10/15, 10:02
2023/02/18, 1:34