कैलालीको गोदावरी नगरपालिकामा आज देखि नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । १५ औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि गोदावरी नगरपालिका – ७ हरैयामा रहेको दुर्गा भवानी माविमा सुरु भएको हो ।
प्रतियोगिताको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका छन । मंसिर २१ गते सम्म सञ्चालन हुने प्रतियोगितामा यस वर्ष ४५ विद्यालयका २२ सय बढी विद्यार्थी सहभागि भएका छन । जसमा २२ वटा सामुदायिक र २३ वटा संस्थागत विद्यालय रहेका छन । प्रतियोगिता अन्तरगतका ५ विधाका खेल दुर्गा भवानीको प्राङ्गणमा हुने छन भने एथलेटिक्सका खेल स्याउलेमा रहेको सैपाल युवा क्लबको खेल मैदानमा हुने छ ।
प्रतियोगिता अन्तरगत ६ विधामा खेल खेलाइने छ । जसमा मार्सलाटका ३ विधा, एथलेटिक्स, भलिबल र कबड्डीका खेल रहेका छ्न ।
प्रतियोगितामा पहिलो हुने विद्यालयलाई २० हजार दोस्रो हुने विद्यालयलाई १५ हजार र तेस्रो हुने विद्यालयलाई १० हजार नगद पुरस्कार पनि दिईन आयोजक नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।