सुदूरपश्चिमले बनायो एनपिएलमा अहिलेसम्मको उच्च स्कोर, विराटनगरलाई १८३ रनको लक्ष्य (LIVE)
2024/12/03, 11:43

नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १८३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १८२ रन बनाएको हो । सोमबार जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले बनाएको १४१ रन नै उच्च स्कोर थियो ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले अविजित ५७ रन बनाए । इशान पाण्डेले ३८, ब्राण्डन म्याकमुलन ३६, विनोद भण्डारी २३, सैफ जैब १४, स्कट कुग्गेलिजनले १०, आरिफ शेख ९, र अमित श्रेष्ठ १ रनमा आउट भए ।
विराटनगरका लागि अनिल खरेलले ३ तथा क्रिस सोल, इस्मात आलम र बसिर अहमदले १–१ विकेट लिए । प्रतिउत्तरमा विराटनगर व्याटिङ गरिरहेको छ । उसले निकै खराब व्याटिङ गरिरहेको छ ।

टस जितेर विराटनगरले पहिले बलिङ रोजेको हो ।
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/05/27, 5:16
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/12, 10:19
2021/01/14, 9:19
2021/08/27, 8:50
2022/06/23, 10:59
2023/10/06, 12:07