
कैलालीमा कपडाको गोदाममा आगलागी हुँदा तीन जना घाइते भएका छन् । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ बौनीयाका द्वारिकाप्रशाद धमालाको घरमा रहेको कपडाको गोदाममा आगलागी भएको हो ।

आगो नियन्त्रणका क्रममा ८२ वर्षीय मुक्तिप्रसाद धमला, ३९ वर्षीय टेकराज जोशी र प्रहरी जवान टंकध्वज मगर घाईते भएका छन् । उनीहरुको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको कैलाली प्रहरीले जनाएको छ ।
यस्तै, आगलागीबाट गोदाममा राखिएका कपडा तथा इलेक्ट्रिक लगायतका सामान जलेर नष्ट भएका छन् । ८० लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/22, 4:42
2021/09/23, 4:00
2020/07/27, 9:33
2020/12/21, 12:43
2022/10/11, 6:54