
राष्ट्रिय सहकारी महासंघका पुर्ब संचालक एवं सहकारी अभियान्ता भोजबहादुर बमले आफ्नो जन्म दिनको अवसरमा घर भाडा छुट गरेका छन् । अभियान्ता बमले आज परेको जन्म दिनको अवसर पारी गौरीगंगा नगरपालिका वडा नंम्बर ९ साझाबजार स्थित ६ वटा सटरको एक महिनाको भाडा छुट गरेका हुन् ।

सहकारी अभियान एवं समाजसेवामा सकृय बमले जन्म दिनमा फजुल खर्च गर्नु भन्दा समस्या परेकालाई सहयोग गर्नु पर्छ भनेर भाडामा छुट दिएको बताए ।
अहिलेको कोरोना महामारीका कारण लामो समय देखिको लकडाउनले सबै क्षेत्र प्रभावित भएका त्यसैमा ब्यापार बयबसाय पनि झनै प्रभावित भएकाले आफ्नो स्वामित्वमा रहेका ६ वटा सटरको एक महिनाको भाडा छुट गरेको सहकारी अभियान्ता बमले जानकारी दिए ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/07, 12:53
2021/04/28, 3:52
2021/11/14, 1:13
2022/11/10, 5:00