
कञ्चनपुरमा दम्पती हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लालझाडी गाउँपालिका-२ का एक पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए ।

प्रहरीले उनको नाम भने खुलाएको छैन । लालझाडी गाउँपालिका–१ बिनवारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमला गत कात्तिक ८ गते बिहान घरमै मृत फेला परेका थिए ।
रमेशको शव आँगन र कमलाको शव बरन्डामा भेटिएको थियो । कमलाको शव सुत्ने ओछ्यान नजिकै थियो भने झुलमा रगत लतपतिएको थियो ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04