
कैलालीसँग जोडिएको नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा नाका आज दिनभरिका लागि बन्द गरिएको छ । भारतको लखिमपुरी खिरीस्थित पलियामा आज भइरहेको उपनिर्वाचनलाई मध्यनजर गरेर दुई देशको सीमा नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। बिहान ६ बजेबाट बन्द गरिएको सीमा नाका बेलुका ६ बजे खुल्ने जनाइएको छ ।

पलियामा रहेको नगर परिषद्को रिक्त अध्यक्ष पदका लागि त्यहाँ उपनिर्वाचन भइरहेको बताइएको छ । निर्वाचन सकिएपछि सीमा नाका खुल्ने जोशीले बताए ।

2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/04/08, 1:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/16, 12:28
2021/08/02, 10:01
2022/05/03, 6:11
2023/03/01, 6:26