
कैलालीमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। बर्दगोरिया गाउँपालिका–२ झगडपुरस्थित सडकमा भे २ स ५६६१ नम्बरको अटो र सुदूरपश्चिम प्रदेश ०१–००९ प ४०५३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर शनिबार दिउँसो दुर्घटना भएको हो।

दुर्घटनामा अटोमा सवार केशव आलेमगरकी ६ वर्षीया छोरी आरती आलेमगरको मृत्यु भएको छ। भने ५ जना घाइते प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते ५ जनाको बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको छ। अटो र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/02, 1:53
2021/08/11, 3:19
2022/05/21, 2:07
2023/07/21, 11:07