
कैलालीमा १५ वर्षिया किशोरीलाई करणी गरेको आरोपमा २ जनालाइ पक्राउ गरिएको छ, भने २ जना फरार रहेका छन्।

जिल्लाको जोशीपुर गाउँपालिका–६ की १५ वर्षिया किशोरीलाई सामुहिक करणी गरेको आरोपमा सोही गाउँपालिका–१ का १८ वर्षिय सुमन डगौरा र १८ वर्षकै कुशल चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। किशोरीलाइ ४ जनाले सामुहिक करणी गरेका बताईएको छ।
मंसिर २२ गते करणी भएको भएपनि प्रहरीमा भने ढिलो गरी खबर आएको प्रहरीले जनाएको छ। करणीमा संलग्न रहेको आरोप लागेका १८ वर्षीय राजकुमार चौधरी र १९ वर्षीय आशिक चौधरी भने भागेर भारत गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कबिन्द्रसिंह बोहराले बताए। उनीहरूविरूद्ध जबरजस्तीकरणी शीर्षकमा किटानी जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27