
नेपाली कांग्रेस कैलालीका लेखा संयोजक टंकप्रसाद जोशी पाण्डवले आफ्नो जन्मदिनको अवसरमा वृक्षारोपण गरेका छन् । महुन्याल बहुमुखी क्याम्पसका अध्यक्ष तथा पतञ्जली योग समिति भजनीका अध्यक्ष समेत रहेका जोशीले आफ्नो ४९ औँ जन्मदिनको अवसरमा वर्षभरिमा ४९ वटा ट्रिगार्ड सहितको बिरुवा रोपेर जन्मदिन मनाउने योजना सहित वृक्षारोपण गरेका हुन् ।

पाण्डव जनरल स्टोर भजनीका सञ्चालक जोशीले महुन्याल बहुमुखी क्याम्पस भजनीबाट वृक्षारोपण सुरु गरेका हुने । उनले भजनी नगरपालिकाका विभिन्न सार्वजनिक स्थानमा बिस्तार गर्ने योजना रहेको बताए ।
उनले स्वर्गीय बुबाको स्मृतिमा १२ वर्षदेखि भजनी बजारमा प्रत्येक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आएका छन् । उनले ५९ पटक रक्तदान समेत गरिसकेका छन् । जोशीले महुन्याल बहुमुखी क्याम्पस हाताभित्र ७ लाख ५० हजारको लागतमा सरस्वती माताको मन्दिर समेत निर्माण गरेका छन् ।
