खगराज भट्टलाई माओवादी सुदूरपश्चिमको कार्यवाहक इन्चार्जको जिम्मेवारी
2025/05/23, 12:21
 
ss

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको कार्यवाहक इन्चार्जको जिम्मेवारी खगराज भट्टलाई दिइएको छ। पार्टीका स्थायी समिति सदस्य समेत रहेका भट्टलाई प्रदेश इन्चार्ज गिरीराजमणि पोखरेलले बुधबार सर्कुलरमार्फत यो जिम्मेवारी दिएका हुन्।

व्यक्तिगत काम विशेषका कारण केही समय बाहिर जानुपर्ने व्यहोरा उल्लेख गर्दै, सह इन्चार्जसमेत रहेका भट्टलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो। सर्कुलर पार्टीको प्रदेश र जिल्ला समिति सबैमा पठाइएको छ।  पार्टीका स्रोतहरूका अनुसार पोखरेल वैदेशिक भ्रमणमा निस्कने तयारीमा रहेकाले भट्टलाई कार्यवाहकको जिम्मेवारी दिइएको बताइएको छ।

१६ महिनाअघि प्रदेश सभाको बहुमत सदस्यले दलको नेताबाट हटाएका भट्टलाई हालै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरिएको थियो। उनी हटाइँदा मानबहादुर धामीलाई बहुमत सांसदले दलको नेता बनाएका थिए।