
भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट तीन दिनमा १३७ जना स्वदेश फर्किएका छन्। यस्तै, सोही नाकाबाट भारत गएर ४३८ जना भारतीय पेन्सनधारी नेपालीहरुले पेन्सन बुझेका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। लकडाउनका कारण पेन्सन बुझ्न नसकेका नागरिकको समस्यालाई समेत ध्यानमा राखेर बुधबारदेखि शुक्रबारसम्म झुलाघाट नाका खोलिएको थियो।

नेपाल र भारतका स्थानीय प्रशासनको समन्वयमा नाका खोलिएको हो। नाका खुला भएपछि नेपालबाट २९ जना भारतीय नागरिक पनि गएका छन्। भारतबाट पेन्सन बुझ्ने धेरै नेपालीले अझै पनि पेन्सन बुझ्न बाँकी रहेकाले फेरि नाका खोल्न भारतीय पक्षलाई अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए। नाका खोल्न जिल्ला प्रशासन कार्यालय बैतडीले भारतको पिथौरागढ प्रशासनलाई पत्र लेखेको हो।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/23, 7:31
2023/09/20, 5:14
2020/08/28, 10:39
2021/08/24, 11:57