
धनगढीबाट चाँदीका गरगहनासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले भारतको सुडा बजार घर बताउने ३२ वर्षीय हरिलाल रानालाई पक्राउ गरिएको जानकारी दिएको छ ।

रानालाई भारतबाट नेपाल आइरहेका बेला धनगढी उपमहानगरपालिका–१०, सिमलघाटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिएका छन् ।
रानाको साथबाट तीन किलो ३७० ग्राम चाँदीका अवैध गरगहना बरामद गरिएको प्रहरीले जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/16, 11:27
2021/05/23, 10:30
2021/12/29, 6:18