ध्वस्त भएको बाजुराको बाम्का बजारको पुनर्निर्माण
2025/07/21, 11:41
 
dd

भीषण आगलागीबाट ध्वस्त भएको बाजुराको बाम्का बजारको पुनर्निर्माण भएको छ।स्थानीय, प्रदेश तथा सङ्घीय सरकार र विभिन्न सङ्घ संस्थाको आर्थिक सहयोगमा बाम्का बजारको पुनर्निर्माण गरिएको हो।

बाजुराको मुख्य व्यापारी केन्द्रका रूपमा चिनिँदै आएको बुढीगङ्गा नगरपालिका–५, बाम्बास्थित बाम्का बजारमा टिनका टहरा ठडिए पनि त्यसमा सामान अझै राख्न सकिएको छैन। जेठ २३ गते नवदुर्गा होटेलमा सिलिन्डर ग्यास पट्किएर भएको आगलागीमा झन्डै ३६ भन्दा बढी पसल र होटेल जलेर नष्ट भएका थिए। टहरा ठडिए पनि पसल र होटेल पहिलेको अवस्थामा आउन सकेको छैन।

अधिकांश पसलेले बैँक तथा वित्तीय संस्थाको ऋण लिएर व्यापार सुरु गरेका थि । आगलागीका कारण ती पसले आर्थिक मारमा परेका छन्। आगलागी हुँदा शैक्षिक प्रमाणपत्र, लालपुर्जा, बैँक कारोबारका कागजात जलेर नष्ट भएको छ। सहयोगबाट टहरा निर्माण भए पनि यसमा मालसामान हाल्न निकै समस्या भइरहेको पीडित व्यापारीहरूले बताएका छन्।

त्रिवेणी नगरपालिकाले १०, बुढीगङ्गाले पाँच र हिमाली स्वामीकार्तिक, जगनाथ, बुढीनन्दा, बडीमालिका, खप्तड, छेडेदहलगायतका पालिकाले एक÷दुई लाख सहयोग गरेका थिए। प्रदेश सरकारले चालिस लाख रुपियाँ सहयोग गरेको छ।