धनगढी उपमहानगरपालिकामा ८९ जनामा कोरोना पुष्टि भएको छ । त्यसमध्ये २२ जना डिस्चार्ज भएका छन् । १९ वटा वडा रहेको धनगढी उपमहानगरपालिकामा पछिल्लो केही दिन यता संक्रमण देखिएको छैन ।
संक्रमित मध्ये ३ जना सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा रहेका छन् भने २५ जना धनगढी उपमहानगरपालिकाले वडा नंम्बर १५ मा निर्माण गरेको आईसोलेशनमा रहेको धनगढी उपमहानगरपालिका जनस्वास्थ्य निरिक्षक एवम् कोभिड फोकल पर्सन लक्ष्मीराज उपाध्यायले बताए । आईसोलेसनमा रहेकाहरुको स्वास्थ्य जाँच तथा उपाचारका लागि ३ जना स्वास्थ्यकर्मीको टोली २४ सैं घण्टा खटाएको उनले बताए ।
संक्रमित मध्य दुई जनाको स्वास्थ्य अवस्थामा जटिलता आएपछि काठमाडौं पठाईएको छ । ८९ जना मध्य वडा नम्बर ४ की एक जना महिलाको मृत्यु भईसकेको छ । जनस्वास्थ्य निरिक्षक उपाध्यायका अनुसार बाँकी रहेका ३६ जना मध्य केही उपमहानगरले निर्माण गरेका क्वारेन्टिन र केही होम क्वारेन्टिनमै रहेका छन् ।
क्वारेन्टिन र होम क्वारेन्टिनमा रहेकाहरुका लागि उपमहानगरपालिका अन्र्तगतका ३ जना स्वास्थ्यकर्मी कन्ट्रयाक्ट ट्रेसिङमा रहेको उपाध्यायले जानकारी दिए । धनगढी उपमहानगरमा रहेका संक्रमित मध्ये ६ जना स्थानीय र वाँकी सबै देश वाहिरबाट आएका रहेका छन् । फोकल पर्सन उपाध्यायका अनुसार वाहिरबाट आएका मध्य पनि ३ जना मात्र तेस्रो मुलुकबाट आएका र वाँकी सबै भारतबाट आएकाहरु रहेका छन् ।