
डडेल्धुरामा खानेपानीको विषयमा विवाद हुँदा भएको झडपमा एक बालकको मृत्यु भएको छ । आलिताल गाउँपालिका वडा नम्बर ६ मा खानेपानीको विषयमा विवाद भई भएको झडपमा परी घाईते भएका बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

झडपमा परी आलिताल गाउँपालिका ६ को भौनाका गणेश महरका १२ वर्षीय छोराको मृत्यु भएको हो । उनको धनगढी स्थित सारथी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेका चार जनालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक दधीराम न्यौपानेले बताए ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/15, 9:13
2020/09/13, 2:39
2021/03/08, 1:04
2021/10/05, 10:35
2022/12/12, 11:27