
कञ्चनपुरमा मोटरसाईकलको ठक्करबाट श्रीमान श्रीमती गम्भीर घाईते भएका छन्। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर २ को गोकुलपुरमा से ४ प ७९५३ नम्बरको मोटरसाईकलको ठक्करबाट ६५ वर्षीय जगुराम चौधरी र उनकी ६० वर्षीया श्रीमती फगुनी चौधरी गम्भीर घाईते भएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार राती एक बजेको समयमा मोटरसाईकलले ठक्कर दिदा घाईते भएका उनीहरुको टाउको र छातीमा गम्भीर चोट लागेको छ। उनीहरुको धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मोटरसाईकल चालक नरेन्द्र चौधरीलाई नियन्त्रणमा लिईएको छ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/23, 7:31
2023/09/20, 5:14
2020/08/28, 10:39
2021/08/24, 11:57