
कर्णाली नदीमा हाम फालेका एक जना बेपत्ता भएका एक जना युवक अझै फेला परेका छैनन् । कैलालीको लम्कीचुहा नगरपालिका ३ को कामेश्वर मन्दिर पूर्वतर्फ कर्णाली नदी किनारबाट हाम फालेर एक जना बेपत्ता भएका थिए । उनको खोजी कार्य जारी रहेपनि अहिलेसम्म नभेटिएको प्रहरीले जनाएको छ ।

शनिबार स्थानीयले नदीमा हाम फालेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । ती व्यक्ति कर्णालीमा पसेको ठाउँबाट अछाम बाजपानी २ ठेगानाको ६२ का सर्पे जैशीको नामको नागरिकता सहित झोला, जुत्ता र कपडा फेला परेको कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।
उनको खोजी कार्य भइरहेको छ । कर्णालीमा पानीको बहाव बढेको र धमिलो पानी रहेकाले खोजीमा कठिनाइ रहेको विष्टले जानकारी दिए ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02