
कैलालीमा मास्क प्रयाग नगरी सडकमा निस्कने चार हजार जनाभन्दा बढीलाई प्रहरीले कारवाही गरेको छ । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई मास्क अनिवार्य गर्नेबारे निर्देशन गरेसँगै मास्क नलगाई सडकमा आउनेलाई कारवाही थालिएको हो ।

कैलालीमा बिहीबार एक हजार पचास, शुक्रबार एक हजार पाँच सय ३७ र शनिबार एक हजार पाँच सय बढीलाई कारबाही गरिएको प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए । मास्क नलगाई हिँड्नेलाई होल्ड गरेर सम्झाई बुझाई गरेर छोड्ने गरेको बताए । अहिलेलाई जरिवाना नगरी मास्क लगाउन र दूरी कायम गर्न अनुरोध गर्ने गरिएको विष्टले बताए । जिल्लामा कोरोनाबाट बच्ने उपायबारे जनचेतनाका लागि माइकिङ समेत गरिरहेको उनले बताए ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/07, 12:53
2021/04/28, 3:52
2021/11/14, 1:13
2022/11/10, 5:00