
कैलालीको पहलमानपुर लालबोझी सडक खण्ड मर्मतको माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन् । प्रदर्शनमा उत्र्रिएका स्थानीयहरुले पुर्व पश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् ।

स्थानीयहरुले पहलमानपुर लालबोझी सडक खण्डमा सवारी साधन चलाउन सकिने अवस्था नरहेकाले तत्काल सडक मर्मतको माग गर्दै दबाब मुलक कार्यक्रम सहित प्रदर्शन गरेका छन् । पहलमानपुर लालबोझी सडक खण्ड हिलाम्य भएपछि अहिले मोटरसाईकल र साईकल बाहेकका सवारी साधन समेत सञ्चालन हुन सकेका छैनन् ।
प्रदर्शनमा उत्रिएको स्थानियहरुले घोडाघोडी नगरपालिकाको वडा न १०, ११ र १२ नगरपालिकाको नगरबाट रहेको समेत गुनासो गरेका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य गौरीशंकर चौधरीले सडकलाई चुनावी नारा बनाए पनि सो सडक अहिलेसम्म कालोपत्रे हुन सकेको छैन् ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/07, 12:53
2021/04/28, 3:52
2021/11/14, 1:13
2022/11/10, 5:00