निजी प्राविधिक शिक्षालय महासंघको सुदूरपश्चिम प्रदेश समिति गठन
2020/07/13, 7:43
 
bhella

निजी प्राविधिक शिक्षालय महासंघको सुदूरपश्चिम प्रदेश समिति गठन भएको छ। महासंघको अध्यक्षमा किशोरकुमार पाण्डे चयन भएका छन्। सोमबार धनगढीमा आयोजना भएको भेलाले उनलाई अध्यक्षमा चयन गरेको हो। 

प्रदेशभित्रका २० वटा संस्थाका पदाधिकारीको भेलाले उपाध्यक्षमा ललितानन्द जोशी, सचिवमा सुजीतराज शर्मा, कोषाध्यक्षमा नरेश बिष्ट चयन गरेको छ। यस्तै सदस्यहरुमा माधव जोशी, चुडामणी शर्मा, पदम राज नेपाली चयन भएका छन्। 

कार्यक्रमको प्रमुख अतिथिमा सिटिइभिटी सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका निर्देशक नलराम देबकोटा रहेका थिए।