
पछिल्लो समयमा कोरोना संक्रमित घटेसँगै सुदुरपश्चिमका क्वारेन्टिनहरु खाली हुन थालेका छन् । एक डेढ महिना अघिसम्म ६०, ७० हजारको हाराहारीमा क्वारेन्टिनमा वसिरहेको अवस्थामा अहिले ये संख्या निकै कम भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार अहिले क्वारेन्टिनमा रहनेको संख्या ६ हजार एक सय ९१ जना रहेको छ ।

त्यसमा चार हजार ६ सय १३ जना पुरुष र एक हजार पाँच सय ७८ जना महिला रहेको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार एक हजार ५ सय ७१ जनामा ५६ हजार एक सय १० जना अटाउने वेड संख्या रहेकोमा नौ वटै जिल्लाहरुका क्वारेन्टिनमा ६ हजार वढी मात्रै रहेका हुन् । त्यसमा सवैभन्दा वढी डोटीमा एक हजार एक सय ९५ जना रहेका छन् भने सवैभन्दा कम दार्चुलामा दुई सय ७१ जना क्वारेन्टिनमा वसेका छन् ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/27, 5:35
2024/11/26, 4:43