
कञ्चनपुरमा मास्क नलगाउने ३४ जनालाई कारबाही गरीएको छ। सोमवार मास्क नलगाई सवारी साधन चलाउने र बजार क्षेत्रमा बिना मास्क हिडडुल गर्ने दुई सय १२ जनालाई सम्झाई बुझाई छोडिएको र ३४ जनालाई संक्रामक रोग ऐन, २०२० को प्रावधानअनुसार कारवाही गरिएको हो।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार ३४ जनालाई एक सय रुपैँयाका दरले जरिवाना गरिएको जनाएको छ। मस्क लगाए नलगाएको नियमित रूपमा चेकजाँच गरिने र आवश्यक परेमा कारबाही समेत गरिने भएकोले सम्पूर्ण जिल्लावासीलाई अनिवार्य रुपमा मास्क लगाउन प्रशासनले आग्रह समेत गरेको छ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/07, 12:53
2021/04/28, 3:52
2021/11/14, 1:13
2022/11/10, 5:00