
डडेल्धुरा प्रहरीले अवैध बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। सोमबार प्रहरीले जिल्लाको आलिताल गाउँपालिका –६ फल्याखर्कका ४६ वर्षीय लालबहादुर कुँवरलाई अवैध भुरुवा बन्दुकसहित पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा प्रहरी चौकी आलितालको टोलीले एक नाले भरुवा बन्दुक, २ थान सिसाको गोली र ९ ग्राम बारुद लुकाई राखेको अवस्थामा कुँवरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए।
पक्राउ परेका निजमाथि हातहतियार खरखजना कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/26, 12:50
2020/11/02, 7:36
2021/03/29, 3:06
2021/10/19, 8:24