
बैतडी प्रहरीले सार्वजनिक स्थलमा मास्क प्रयोग नगर्ने २ हजार बढीलाई कारबाही गरेको छ। असार २२ गतेदेखि हालसम्म २ हजार १ सय ४० जनालाई कार्बाही गरिएको बैतडीका प्रहरी प्रवक्ता गौरीप्रसाद जैसीले जानकारी दिए।

मास्क नलगाउनेलाई नियन्त्रणमा लिनुका साथै जरिवाना समेत तिराउने गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। बजारक्षेत्रमा बिना मास्क निस्केका २२ जनालाई जनही १ सय रुपैंया जरिवाना समेत तिराइएको प्रवक्ता जैसीले बताए।
कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले अत्यावश्यक काममा सवारी साधन वा पैदल हिँड्दा अनिवार्यरूपमा मास्क लगाउन र सामाजिक दूरीलाई पालन गरी कार्य गर्न आग्रह गरेको छ। गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न समेत प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/23, 7:31
2023/09/20, 5:14
2020/08/28, 10:39
2021/08/24, 11:57