राउण्ड टेवल नेपालद्धारा डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि एक लाख रुपैया सहयोग
2020/07/15, 6:53

डडेल्धुरामा पीसीआर स्थापनाका लागि राउण्ड टेवल नेपालले एक लाख रुपैया सहयोग गरेको छ । ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूर पश्चिम समाज अमेरिकाको अगुवाईमा डडेल्धुरामा स्थापना भएको पीसीआर मेसिनका लागि प्रतिबद्धता अनुसार राउण्ड टेवल नेपालले एक लाख रुपैया सहयोग गरेको हो ।

राउण्ड टेबल नेपालका तर्फबाट राउण्ड टेबल अत्तरीया–धनगढीका उपाध्यक्ष आयुष मोहपाल र सदस्य निखिल चौधरीले फाउण्डेसनका अध्यक्ष श्याम तायललाई हिजो एक लाख रुपैयाको चेक हस्तान्तरण गरेका हुन् । फाउण्डेसनले पीसीआर मेसिनको स्थापनापछि सहयोग संकलन अभियान बन्द गरिसकेको छ । यद्दपि प्रतिबद्धता अनुसारको रकम भने आउन अझै बाँकी रहेको फाउण्डेसनले जनाएको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/15, 9:13
2020/09/13, 2:39
2021/03/08, 1:04
2021/10/05, 10:35
2022/12/12, 11:27