कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, ५ जना घाइते
2020/07/15, 1:21
 
accidnet

कञ्चनपुरमा मोटरसाईकल दुर्घटना हुँदा ५ जना घाइते भएका हुन् । शुक्लाफाँटा नगरपालिका वडा नम्वर ११ कलुवापुरमा दुई मोटरसाईकल एक आपसमा ठोक्किँदा ५ जना घाइते भएका हुन ।

पश्चिमबाट पूर्व आईरहेको से ४ प ३५९९ नम्वरको मोटरसाईकल र पूर्वबाट पश्चिमतर्फ गईरहेको म २ प ५८६० नम्वरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापा क्षेत्रीले बताए ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ भने सबैलाई उपचारको लागि धनगढी ल्याउन लागिएको छ ।