
धनगढीबाट पक्राउ परेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीेका केन्द्रिय सदस्य तथा सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुनबाट कटुवा पेस्तोल समेत बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले पुनसंगै मोटरसाईकलमा सवार अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) की सेती महाकाली व्युरो ईन्चार्ज समेत रहेकी डडेल्धुराको पर्शुराम नगरपालीका वडा न ७ घर भएकी २७ बर्षीया पुर्णीमा भन्ने गौरा धामीलाई समेत पक्राउ गरिएको बताए।
उनीहरुलाई धनगढी उपमहानगरपालीका वडा नम्बर ७ वेली स्थित सडक खण्डमा सवार भई गई रहेको अवस्थामा बुधबार विहान पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक विष्टले बताए।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/23, 11:23
2024/02/06, 11:49
2021/06/30, 1:41
2022/03/05, 12:04
2020/08/08, 4:39